बेनी–जोमसोम–कोरला सडक २ सय २ किलोमिटर मध्ये म्याग्दी खण्डमा पर्ने ३३ किलोमिटर सडक भौगोलिक रूपमा अति उच्च जोखिममा छ । कमजोर भू–बनावट, साँघुरा खोंच, अति भिरालो भूगोल भएको यो खण्ड बाढीपहिरोका साथै कालीगण्डकी नदीको तीव्र कटानको समस्याबाट प्रभावित हुँदै आएको छ ।